संसदकार्यकालको समयसीमा भित्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणीकरण भएन

राजनिति

संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण  मंगलबार राति १२ बजेसम्मको संसदको कार्यकालको समयसीमा भित्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएन । राष्ट्रपति कार्यालयबाट पनि हालसम्म यसबारेमा कुनै सूचना जारी गरिएको छैन ।

यस अघि राष्ट्रपति कार्यालयबाट परिमार्जनको सुझावसहित फिर्ता आएको विधेयकमाथि संसदका दुवै सदनमा पुनः छलफल भएको थियो। तर दुवै सदनले परिमार्जन नगरी पुनः पास गरे । त्यसपछि सभामुख अग्नि सापकोटाले भदौ २० फेरि प्रमाणीकरणका निम्ति विधेयक राष्ट्रपतिकहाँ पठाएका थिए ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उनको यो कदमको दलहरूबाट आलोचना शुरु भएको छ ।