छैठौं महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदै
खेलकुद
काठमाडौंमा जारी छैठौं महिला साफ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुँदैछन्।
पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान भिड्दैछन् भने दोश्रो मा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
उपाधिको बलियो दावेदार मानिएको भारतलाइ समुह चरणमा ३-० ले हराएर बंगलादेशले पनि आफुलाइ उपाधिको दाबेदारको रुपमा प्रस्तुत गरेको छ। नेपालले आजको खेलमा भारतलाई हराउन सके फाइनलमा नयां प्रतिदून्दि पाउने छ किनभने सन् २०१६ बाहेक बाँकी चार संस्करणको फाइनलमा भारतले नेपाललाई हराएको थियो।








