बेलायतीकी महारानी एलिजावेथ द्वितीयाको निधन, नेपाल सरकारले तीन दिन शोक मनाउने

 

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको छ। ७० वर्षसम्म बेलायतको राजगद्दी सम्हालेकी एलिजावेथ द्वितीयाको निधनपछि बेलायतमा अब उनका छोरा राजकुमार चार्ल्स तृतीय राजा हुनेछन् । यसै बिच नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन  शोक मनाउने निर्णय गरेको छ। नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।