नेपाल क्रिकेट संघ (क्यान) द्वारा कप्तान सन्दीप लामिछाने निलम्बित

खेलकुद

नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान सन्दीप लामिछानेलाई बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको जनाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको विज्ञप्तिमा जनाईएको छ ।