सरकारले गर्यो मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय

निर्वाचन आयोगको सुझाव अनुरुप सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावको मिति घोषणा गर्न सरकारलाई दिएको राय अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।