आर्थिक संकटले श्रीलंकामा तनाव बढ्दै
राजनिति
लामो समय देखि आर्थिक रुपमा टाट पल्टिदै गएको श्रीलंकामा बढ्दो महँगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ । बढ्दो महँगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा गरिएको प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गर्दै शनिबार सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन्।
शनिबार नै प्रधानमन्त्री रनिल बिक्रमासिंघेले सर्वदलीय बैठक बोलाएका थिए, जहाँ उनले सर्वदलीय सरकार गठनका लागि आफू राजीनामा दिन तयार रहेको पनि बताएका छन् ।









