स्थानिय तह निर्वाचन २०७९ को लागि उम्मेदवारी दिनेको कुल संख्या एक लाख ४७ हजार भन्दा धेरै
राजनीति
यहि बैशाख ३० गते हुन गइहेको स्थानिय तह सदस्य निर्वाचन २०७९ को लागि उम्मेदवारी दिनेको संख्या एक लाख ४७ हजार २७४ पुगेको छ। मंगलबार निर्वाचन आयोगले जनाए अनुसार कुल सो संख्याको उम्मेदवारी परेको हो। आयोगले उम्मेदवारी दर्ता गर्न वैशाख ११ र १२ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको दिएको थियो।








