आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक श्रृङ्खला: नेपालले अन्तिम खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हरायो

खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत हिजो युएईमा भएको नेपालको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले हराएको छ । पपुवा न्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक प्रहार गरे भने रोहित पौडेलले पनि नटआउट ४४ रन जोडे।
बलिङमा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले १-१ विकेट लिए। युएईमा भएको त्रिकोणात्मक सिरिजका चार खेल मध्ये नेपालले दुई खेलमा पपुवा न्युगिनी संग जित र दुई खेलमा युएई संग हार बेहोर्‍यो। नेपालले सधै जस्तै यस पटक पनि ब्याटिंगमा राम्रो प्रदर्सन गर्न नसकेकोले युएईसंग दुवै खेलमा हार बेहोर्न पर्यो। नेपाल लिग २ को १२ खेलबाट १२ अंक जोड्दै छैठौं स्थानमा रहेको छ।