चीनका विदेश मन्त्री वाङ यी चैत ११ गते देखि तीनदिने नेपाल भ्रमणका लागि आउने

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै चीनका विदेश मन्त्री  वाङ यी चैत ११ गते देखि तीनदिने नेपाल भ्रमणका लागि आउने कार्यक्रम रहेको जनाएको छ । नेपालमा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने, आफ्ना समकक्षि नेपाली पररास्ट्र मन्त्रि नारायण खड्का संग द्विपक्षीय वार्ता गर्ने र भ्रमणबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरि चैत १३ गते स्वेदश फर्किने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।