अस्ट्रेलिया बन्यो टी-२० विश्वकप २०२१ को बिजेता
खेलकुद
दुबईमा भएको टी-२० विश्वकप २०२१ को फाइनल भिडन्तमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितेको अस्ट्रेलियाले यो जितको साथ पहिलो पटक टी-२० विश्वकपको विजेता बनेको छ। यसअघि अस्ट्रेलिया सन् २०१० को फाइनलमा इंग्ल्यान्डसँग पराजित भइ उपबिजेता बनेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४ विकेटको क्षतिमा १७२ रन जोड्यो । न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अस्ट्रेलियाले २ विकेटको क्षतिमा १८.५ ओभरमा पूरा गर्यो।









