प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त

राजनीति

संविधानत प्रधानमन्त्री भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिए्का छन । प्रतिनिधिसभा पुनःस्थापित भएपछि बसेको पहिलो बैठकमै संसदबाट विश्वासको मत लिए्का प्रधानमन्त्री देउवाले उपस्थिति २४९ जना सांसदमध्ये १६५ मत प्राप्त गरि सहजै विश्वासको मत लिदा विपक्षमा ८३ मत रहेको थियो।

अब १७ महिना सरकारको नेतृत्व गर्नुहुने प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) समूह, जनता समाजवादी पार्टी (महन्त ठाकुर) समूह र नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदले मत दिएका थिए ।

सर्वोच्च अदालतले गत असार २८ मा प्रतिनिधिसभा पुनःस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने फैसला गरे बमोजिम देउवा असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।