सर्वोच्च अदालतको फैसलाअनुरुप शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिए
राजनीति
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गत जेठ ७ गते गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गर्ने फैसला गरि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) बमोजिम मंगलबार भित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिए अनुरुप देउवाले मंगलबार साँझ प्रधानमन्त्री पदको शपथ लिएका छन।
रास्ट्रपति कार्यालयबाट जारी नियुक्ति सम्बन्धी पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै विवाद भए पछि नियुक्तिमा संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको व्यहोरा थप गरिए पछि मात्र देउवाले प्रधानमन्त्री पदको सपथ लिएका थिए।
यो संगै देउवा आफ्नो राजनैतिक जिबनमा पाँचौँ पटक नेपालको प्रधानमन्त्री भएका छन् ।








