ब्राजिललाई गृह मैदानमा १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्यो

खेलकुद

 

ब्राजिलमा भई रहेको २०२१ कोपा अमेरिका फुटबलको आइतबार बिहानको फाइनल खेलमा ब्राजिललाई गृह मैदानमा १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जित्यो र आफ्ना समर्थकलाई खुसी दिन सफल भयो।

कोपा अमेरिका २०२१ का समूह चरणमा चार मध्ये तीन खेलमा जित हात पारेको अर्जेन्टिनाले एक खेल बराबरी खेल्यो।

अर्जेन्टिनाले क्वाअर्टरफाइनलमा इक्वेइडरमाथि ३-० गोलको जित र सेमिफाइनलमा कोलम्बियाविरूद्ध १-१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा ३-२ को जित निकाल्यो।

क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने कप्तान मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो।