प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद बिघटन

आगामी ०७८ वैशाख १७ गते र २७ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा

पौष ५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीबाट संसद बिघटन भएको छ ।

मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको प्रस्ताव  गरे पछि संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति समक्ष पुगेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता अनुसार संसद विघटन गरिएको बताएकी छन्  ।

यस संगै सरकारले मध्यावधि निर्वाचनको मिति पनि घोषणा गरेको छ । आगामी ०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिएको छ ।

सरकारको उक्त निर्णय पछि सत्तारुढ दल, प्रमुख प्रतिपक्षीलगायत सर्बत्र बिरोध सुरु भएको छ ।