भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको नेपाल भ्रमण

राजनीति

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले दुइ दिने नेपाल भ्रमण गरेका छन्। लामो समयदेखि चिसिएको नेपाल भारत सम्बन्धमा एउटा नया गति यस भ्रमणले प्रदान गरेको छ। आफ्ना नेपाली समकक्षिदेखि परराष्ट्रमन्त्री हुँदै प्रधानमन्त्री र राष्ट्रपतिसम्मलाइ भेटेर फर्केका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको भ्रमणले दुइ देश बीच थाती रहेका विषयहरुमा छलफल गर्न र द्रिपक्षिय उच्चस्तरको भ्रमण आदान–प्रदानको लागि सकारात्मक वातावरण बनाएको अपेक्षा गर्न सकिन्छ । पछिल्लो समयमा भारतले नेपाल संगको सम्बन्ध सुधार गर्ने नीति लाइ प्राथमिकतामा राखेको हो कि भन्ने चासो आम जनमानसमा पर्न थालेको देखिन्छ। यस भ्रमणको लगत्तै यहि मङ्सिर १४ गते आइतबार बाट हुन लागेको चिनिया रक्षामन्त्रि वेई फेङहीको भ्रमणले पनि नेपाल छिमेकि शक्ति राष्ट्रहरुको प्राथमिकतामा परेको भान हुन्छ साथै भारतीय विदेश सचिव भ्रमणको तुरुन्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई  पनि चासोका साथ  हेरिएको छ ।