भारतद्वारा ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक अतिक्रमण – प्रधानमन्त्री ओली
भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको बताएका छन । सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारको एक कार्यक्रममा “नेपाल सांस्कृतिक हिसाबले थिचिएको” भन्दै प्रधानमन्त्री ओलीले भारतद्वारा वास्तविक तथ्यमाथि अतिक्रमण भएको जनाए ।
उनले भने – हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। हामीले सीता, भारतका होइन अध्योध्याका राजकुमार रामलाई दिएका हौं। अयोध्या भनेको वीरगन्ज भन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या, भीषण विवाद छ है त्यहा । हाम्रो मा बिवादै गर्न पर्दैन । “जनकुपुर यहाँ, अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका” भएको भन्दै उनले भने – दशरथका सन्तान पनि भारतीयका हुँदै होइनन्, ठाउँ पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो “। प्रधानमन्त्री ओलीले प्रश्न गरे – भारतले भनेको अयोध्या ठीक हो भने, त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे ? त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।’
आजै हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ स्मारिका समेत विमाचन गरिएको छ ।








