नेपालमा कोरोनाबाट थप १४४ जना संक्रमित
असार २९, सोमबार नेपालभरी कोरोनाभाइरसबाट थप एक सय चौवालिस (१४४) जना संक्रमित भएको पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणका १४४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन ।
सोमबारको परिक्षण अनुसार सुर्खेतमा ४१, धनुषामा २७, कैलालीमा ११, रौतहटमा ९, कपिलवस्तुमा ८, ललितपुरमा ५, झापा र महोत्तरीमा ४/४, काठमाडौंमा ३, बागलुङ/म्याग्दी/तनहुँ/बर्दिया/दाङ/रुकुम पश्चिम/दैलेख/बझाङ र बैतडीमा २/२ तथा मोरङ/सुनसरी/सप्तरी/भक्तपुर/काभ्रे/दोलखा/ सिन्धुली/मकवानपुर/पर्वत/स्याङ्जा/कपिलवस्तु/बाँके/जाजरकोट/अछाममा १/१ जना संक्रमित भेटिएका छन् ।
हाल सम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ भने उपचारपछि निको भएकाको कुल संख्या १० हजार २ सय ९४ (कुल सन्क्रमणको ६०.७ प्रतिशत) रहेको छ। नेपालमा कोरोनाबाट अहिलेसम्म औपचारिक रुपमा ३८ जनाले ज्यान गुमाएका छन ।








