गायक सुशिल ज्ञवालीको तीज गीत “लास्टै मन परेर” सार्वजनिक

नवलपुर जिल्लाका सर्जक तथा तथा गायक सुशिल ज्ञवालीको नयाँ तीज गीत “लास्टै मन परेर” सार्वजनिक भएको छ । गीतको भिडियो गएको बिहीवार सुशिल ज्ञवालीको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गायक स्वयमको शब्द, रमेशराज भट्टराईको लय रहेको उक्त तीज गीतमा गायिका भुमिका गिरिको पनि स्वर रहेको छ । साथै गीतको भिडियो निर्देशन शंकर बिसि, छायाकंन दुर्ग पौडेल र सम्पादन नविन घर्ती मगरले गरेका छन। भिडियोमा रुविना अधिकारी र अमृत रानालाई मुख्य भूमिकामा देख्न सकिन्छ । विगत लामाे समय देखि स‌ांगीतिक क्षेत्रमा क्रियाशिल र हाल जापानमा रहेका गायक ज्ञवालीका लाेक, राेईला, आधुनिक लगायतका गीतहरु बजारमा यस अघी पनि बजारमा आइसकेका छन ।

हेर्नुहोस भिडियो