बेल्जियमका नेपालीहरुले बुझाए भारतीय दुताबासमा बिरोध ज्ञापन पत्र ।
अतिक्रमित नेपाली भूभाग (लिपुलेक, कालापानी, लिम्पियाधुरा) तत्काल छोडन र नेपालको सार्बभौमसत्ताको सम्मान गर्न आग्रह
बेल्जियममा रहेका बिभिन्न नेपाली संघ संगठनहरुले संयुक्त रुपमा भारतीय अतिक्रमणको बिरोध गर्दै भारतीय दुताबास मार्फत भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बिरोध ज्ञापन पत्र बुझाएका छन।
बिरोध ज्ञापन पत्रमा भारतले धेरै बर्ष देखि गर्दै आएको नेपालको सार्वभौमसत्ता माथिको अतिक्रमणलाई कायम राख्दै हालै नेपाली भुमि मिचेर लिपुलेक हुँदै मानसरोवर जाने सडकको एक पक्षिय रुपमा उदघाटन गरि सन्चालनमा ल्याएको समाचारले बेल्जियम स्थित कृयासिल नेपाली सबै बैचारिक संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको बताउदै त्यसको कडा शब्दमा निन्दा र भर्त्सना गरिएको छ। साथै भारतलाई, अतिक्रमित नेपाली भूभाग (लिपुलेक, कालापानी, लिम्पियाधुरा) तत्काल छोडन र नेपालको सार्बभौमसत्ताको सम्मान गर्न आग्रह पनि गरिएको छ।
२० मईका दिन ब्रसेल्स स्थित भारतिय दुताबास मार्फत पठाईएको बिरोध ज्ञापन पत्रमा प्रवासी नेपाली एकता मंच, बेल्जियमको अध्यक्ष जित लामा र सचिव बोध राज पौडेल, नेपाली जनसम्पर्क समिती बेल्जियमको अध्यक्ष सीता सापकोटा, नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमको अध्यक्ष मेख गुरुङ, नेपाली समाज बेल्जियमको अध्यक्ष नेत्र मगर, प्रवासी नेपाली एकता समाज बेल्जियमको अध्यक्ष दिपेन्द्र के सि र नेपाली एकता समाज बेल्जियमको अध्यक्ष बालकृष्ण कँडेलले हस्ताक्षर गरेका छन।
यस अघी पनि पोर्चुगल, जर्मनी लगायत बिभिन्न मुलुकमा रहेका नेपालीहरुले संयुक्त रुपमा भारतीय अतिक्रमणको बिरोध गरेका थिए।
बिरोध ज्ञापन पत्रको पूर्ण पाठ











