लिम्पियाधुरा, लिपुलेक र कालापानी सहित नेपालको नक्सा सार्वजनिक
नेपाल सरकारले अन्तत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ।
आज बुधवार पत्रकार सम्मेलन गर्दै सोमबार मन्त्रिपरिषले स्वीकृत गरेको नक्सा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सार्वजनिक गरेकी हुन । सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । आज जारी गरिएको नक्सामा भारत र चीन सँगको अन्तराष्ट्रिय सीमाना सहित सङ्घीयताअनुरूप नेपालको प्रदेश र स्थानीय तह पनि समेटिएको छ । अब यसै नक्सा अनुसार निशानछाप र सरकारी लोगोसमेत प्रयोगमा ल्याउने सरकारले बताएको छ।
नयाँ जारी गरिएको नक्सा अनुसार नेपालको क्षेत्रफल अब ३ सय ३५ वर्ग किलोमिटर बढ्ने छ र कुल १ लाख ४७ हजार ५ सय १६ बर्ग किलोमिटर हुने छ।
सन १८१६ मा तात्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकार बिच भएको सुघौली सन्धी अनुसार नेपालको नक्सा जारी गरे सँगै मन्त्री
अर्यालले नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसर सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण बहेको बताउदै नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ र आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारत सरकारसंग द्विपक्षीय वार्ता र कुटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहने जानकारी गराउनु भयो।
नेपालले आफ्नो नयाँ नक्सा जारी गरे सँगै भारतीय संचार माध्यममा हल्ली खल्ली मच्चिन पुगेको छ।









