भारतीय अतिक्रमणको प्रतिरोध गरौ – सीमा बचाऔ अभियान, युवा विद्यार्थी संयोजन समिती

आफ्नो भुमिमाथी भएको नाङ्गो हस्तक्षेप तथा सैन्य आक्रमणलाई परास्त गर्न एकताबद्द भएर प्रतिरोध गरौ

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा “सीमा बचाउ अभियान, युवा विद्यार्थी संयोजन समिती” द्वारा आपत्ति जनाउँदै  संसारभरीबाट भारतीय अतिक्रमणको बिरोध सँगै प्रतिरोध गर्न अपिल गरेको छ।

 

सीमा बचाउ अभियान, युवा विद्यार्थी संयोजन समितीद्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा आफ्नो भुमिमाथी भएको नाङ्गो हस्तक्षेप तथा सैन्य आक्रमणलाई परास्त गर्न एकताबद्द भएर प्रतिरोध गर्न नेपाली युवाहरुलाई आह्वान गरिएको छ।

 

बिज्ञप्तीमा बैशाख २७ गते देखि शुरु भएका शान्तिपुर्ण बिरोध प्रदर्शनहरुमाथी भइरहेका व्यापक धरपकड,लाठिचार्ज र गिरफ्तारिको भर्त्सना गरिएको छ। सँगसङै नेपाली जनताका शान्तिपुर्ण प्रदर्शनलाई दमन गरेर बैदेशिक हस्तक्षेपका घरेलु रक्षकको भुमिका निभाउनुको सट्टा सम्पुर्ण मुलुक एकताबद्द भएको यो अवसरलाई राष्ट्रीय चुनौतीको रुपमा रहेका भारतिय पक्षबाट सबै भुभागमा मिचिएका लिम्पियाधुरा,कालापानी लगायत जमिन तत्काल फिर्ता गर्न आवश्यक कदम चाल्न नेपाल सरकार समक्ष जोडदार माग पनि गरिएको छ।

 

बिज्ञप्ती

 

गत कार्तिक ९ गते २०७६ को दिन भारत सरकारले सार्वजनिक गरेको नक्सामा नेपालको भुभाग कालापानी,लिपुलेक,कुटि,नावी,लिप्म्पियाधुरा समेत समेटेको अपमानजनक कदम पश्चात बिगत लामो स्मयदेखी भारतले आफ्ना सैनिक राखेर नेपाली भुमिमा गर्दै गरेको हस्तक्षेपलाई औपचारिकता दिने प्रयास गरेको सन्दर्भमा हामीले संसारभर रहेका नेपाली जनसमुदायलाई यसको दृढतापुर्वक प्रतिरोध गर्न आह्वान गर्दै चौतर्फी आन्दोलनको शुरुवात गरेका थियौ । नेपाली जनताको लामो समयदेखिको प्रतिरोधलाई नजरअन्दाज गर्दै अहिले पूरा संसार कोरोना भाइरस सिर्जित ऋइख्क्ष्म्(ज्ञढ सग जुधिरहेको समयमा गरिएको मानसरोवर जोड्ने सडक निर्माण र त्यसको उद्घाटन प्रती हाम्रो गहिरो बिरोध रहेको छ । सार्वभौमसत्ता सम्पन्न मुलुकको प्रमाणित सीमानामा ठूलो राष्ट्र हुनुको दम्भ साथ गरिएको दुर्व्यवहार जति निन्दा गरेपनी कम हुदैन । भारत सरकारले गरेको घिनलाग्दो हर्कत तत्काल खारेज गर्न तथा नेपालको सीमानाबाट तत्काल हट्न भारतिय पक्षलाई चेतावनी दिन चाहान्छौ ।

 

हामी सम्पुर्ण नेपाली जनतालाई यो अपमानजनक भारतिय कदमको संसारभर कडा बिरोधमा उत्रन आह्वान गर्दछौ ।

 

यसै सन्दर्भमा देशभर भएका सबै शान्तिपुर्ण बिरोध प्रदर्शनहरुमा हाम्रो पूरा समर्थन रहने छ। बैशाख २७ गते देखि शुरु भएका शान्तिपुर्ण बिरोध प्रदर्शनहरुमाथी भइरहेका व्यापक धरपकड,लाठिचार्ज र गिरफ्तारिको हामी घोर भर्त्सना गर्दछौ । नेपाली जनताका शान्तिपुर्ण प्रदर्शनलाई दमन गरेर बैदेशिक हस्तक्षेपका घरेलु रक्षकको भुमिका निभाउनुको सट्टा सम्पुर्ण मुलुक एकताबद्द भएको यो अवसरलाई राष्ट्रीय चुनौतीको रुपमा रहेका भारतिय पक्षबाट सबै भुभागमा मिचिएका लिम्पियाधुरा,कालापानी लगायत जमिन तत्काल फिर्ता गर्न आवश्यक कदम चाल्न हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ । आजको युग कसैले सेना पठाएर वा कमजोर ठानेर हेपाहा व्यवहार देखाएर अरुको जमिन लुट्ने युग हैन बरु यो त तर्करप्रमाण र तथ्यका आधारमा निश्कर्षमा पुग्ने युग हो । हामी भारत सरकारलाई आफ्ना प्रमाण र तथ्यसाथ वार्तामा आउने हिम्मत गर्न तथा यस्ता मिचाहा हर्कत तत्काल बन्द गर्न आग्रह गर्दछौ । बिकल्प बिहिन भनेर हेप्न खोजिएका नेपालका नागरिकहरु आफ्नो जमिनमाथी भएको दुष्ट हस्तक्षेपको बिरुद्धमा आत्मसम्मानको लडाई युगौसम्म लड्न तयार रहेको समेत चेतावनी दिन चाहान्छौ ।

 

नेपालका युवाहरुलाई आफ्नो भुमिमाथी भएको नाङ्गो हस्तक्षेप तथा सैन्य आक्रमणलाई परास्त गर्न एकताबद्द भएर प्रतिरोध गर्न हार्दिक आह्वान समेत गर्दछौ ।

 

नेपाल सरकार सीमा जोड !
भारतिय सेना नेपाल छोड !!
भारतिय हस्तक्षेप मुर्दाबाद !!!

 

सीमा बचाऔ अभियान, नेपाल
युवा विद्यार्थी संयोजन समिती