प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न

स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सफलतापुर्वक सम्पन्न भएको छ । सोमबार अस्पताल भर्ना भइ बुधबार आफन्त भान्जीको मिर्गौला प्रत्यारोपण गरिएको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जानकारी छ । एक साता प्रधानमन्त्री अस्पतालमा रहने जनाइएको छ । प्रधानमन्त्रिको पहिलो मिर्गौला प्रत्यारोपण १३ वर्षअघि भारतमा गरिएको थियो ।