अर्थमन्त्री डा. युवराज खतिवडाको पदबाट राजीनामा
राजनीति
फागुन २० काठमाडौं । मंगलबार राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि कार्यकाल सकिएको हो । ६ महिनासम्मका लागि राष्ट्रियसभा सदस्यमा नरहेपनि पुन: मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनको छिट्टै पुन: नियुक्ति हुने बुझिएको छ ।








