एसीसी इस्टर्न रिजन टि २० क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा खराब प्रदर्शन गर्दै हङकङसंग पराजित

खेलकुद

थाइल्यान्डको बैंककमा जारि एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगिता अन्तरगत आज नेपाल र हङकङ बीच भएको खेलमा हङकङले नेपाललाई ४३ रन ले पराजित गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले हङकङबाट पाएको १५५ रनको लक्ष्य १८.१ ओभरमा अलआउट भई जम्मा १११ रनमा सिमित भएको हो । नेपाल लगातार प्रतियोगिताको दोस्रो खेलमा खराब प्रदर्शन गर्दै पराजित भएको छ । बिजेता शिर्ष दुइ राष्ट्र मात्र एशिया कपमा छनौट हुने जारी प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुर सहभागी छन् । लगातार दुइ खेलमा पराजित नेपाल प्रतियोगिताको शिर्ष दुइ मा रही छनौट हुन अप्ठेरो अवस्थामा पुगेको हो ।