अमेरिका देखी चीन सम्म – झूठ र कोरोना महामारी
कोरोना महामारी जटिल हुनु सरकारी निकायहरुले झुठ बोल्नुको नतिजा हो।
कोरोना महामारी यस हद सम्म जटिल हुनु सरकारी निकायहरुले झुठ बोल्नुको नतिजा हो। कोरोना भाईरसको संक्रमणको महामारीलाई थप कम गर्न नीति निर्माताहरूले सत्य बोल्न थाल्नु पर्छ।
सरसर्ती चीनमा हेर्दा हामी ठ्याक्कै कसरी चिजहरु खराब भए भन्ने देख्न सक्छौ। त्यहाका अधिकारीहरुले यस समस्याको पहिलो संकेतको रुपमा भाईरस फैलन रोक्ने मौका पाएका थिए। तर आउँदै गरेको संकटकोबारे जानकारी दिने डाक्टर र अनुसंधानकर्ताहरुको प्रतिबेदनलाई त्यहाका अधिकारीहरुले वास्ता गरेनन। प्रकोपका प्रमाण र तथ्यहरु अस्विकार गरिदा एउटा राष्ट्रिय महामारी बैश्विक महामारी बन्न पुग्यो जसको अत्य देखिएको छैन। संसारभरी मानिसहरु आफ्ना सरकारहरुमा निक्कै थोरै विश्वास गर्दै छन।
ईरानको अनुभव पनि त्यस्तै भएको छ। अन्य बिषयहरु जस्तै त्यहाका मानिसहरुलाई सरकारी अधिकारीहरुले कोरोना बारे वास्तबिक जानकारी दिएनन। ढिलै भए पनि जब सरकारी अधिकारीहरुले कोरोना भाईरसको रोकथामका लागि केही कदम चाल्ने निर्णय गरे, तर त्यतीबेला सम्म तिनीहरुले आफ्नो विश्वसनियता गुमाई सकेका थिए। अहिले ईरानको सरकारी आकडा अनुसार लगभग २५०० ब्यक्तीहरुले यस संक्रमणबाट ज्यान गुमाएका छन।
संयुक्त राज्य अमेरिकामा, ट्रम्प प्रशासनले सर्वप्रथम कोरोना महामारीलाई झुठको रूपमा, धोखाधढीको रुपमा चित्रण गर्ने कोसिस गर्यो। र त्यस त्यसपछि स्वास्थ्य अधिकारीहरूले दिएको चेतावनी भन्दा निक्कै कम घातक रहेको रुपमा कोरोना भाईरस महामारीलाई प्रस्तुत गर्यो। अन्तत कोरोना संक्रमण महामारीको रुपमा द्रुत गतिले फैलदै जादा अन्य कुनै बिकल्प बाँकी रहेनन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही वाध्यत्मक कदम चाल्न वाध्य भए। तर यती गरी रहदा राष्ट्रपती ट्रम्पले – उनको सर्वोच्च प्राथमिकता अमेरिकी जनताको श्वास्थ्य नभएर अमेरिकि अर्थतन्त्रको स्वास्थ्य रहेको प्रष्ट पार्ने कुनै अवसर गुमाएनन। फलत अहिले अमेरिकामा संसारकै धेरै मानिस कोरोनाबाट संक्रमित भएका छन।
यस महामारीका दौरान जर्मनी र युरोपियन युनियनका राजनीतिज्ञहरूले विशेषज्ञ सल्लाहकारहरुले उनीहरूलाई दिएको सल्लाहहरूको अनुसरण गर्न जारी राखेका छन। दक्षिण जर्मनीको अल्टर्नेटिभ फर जर्मनी, हङेरीका प्रधानमन्त्री भिक्टर ओर्बन र इटालीका पूर्व उपप्रधानमन्त्री मातेओ साल्विनी जस्ता अती दक्षिणपन्थी राष्ट्रवादीहरूको राजनीतिक एजेन्डाको अन्त्य भएको जस्तो देखिन्छ। वर्तमान अवस्थाले प्रष्ट पारेको छ – जब जब कुनै कुरा अत्यन्तै गम्भीर हुन्छन्, त्यस्ता व्यक्तिहरू (दक्षिणपन्थी राष्ट्रबादीहरु) सँग बिकल्पको रुपमा प्रस्ताव गर्ने केही पनि हुँदैन।
यस महामारीको प्रकोपले के देखाउदछ भने – तथ्यहरुलाई अस्विकार गरेर आफ्नो राजनैतीक स्वार्थ र लोकप्रियताको पछी दौडने राजनितिज्ञले अन्तत ठुलो मुल्य चुकाउन पर्ने हुन्छ। यो यथार्थ युरोपियन युनियन भित्र मात्रै लागु हुँदैन: यो विश्वभरी नै सत्य हो।
आशा गरौ – बैज्ञानिकहरुको मद्दतले जब यस महामारीको प्रकोप कम हुदै जाने छ, तब मानिसहरुले अन्तत “सत्यले फरक पार्दछ” भन्ने तथ्य महसुस गर्नेछन, खासगरी राजनीतिमा।
श्रोत: डिडब्लु









