अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संन्ख्या चीनमा भन्दा धेरै।
अमेरिकामा ३४०० भन्दा धेरैको मृत्यु हुँदा........न्युयोर्कमा मात्रै ७५००० बढी संक्रमित र १५०० भन्दा धेरै मृत।
अमेरिकामा कोरोना भाईरसको संक्रमणका कारण मृत्यु हुनेको संन्ख्या ३४०० नाघेको छ। यस सँगै अमेरिकामा कुल कोरोना संक्रमित र मृतक दुबैको संन्ख्या चीनको भन्दा धेरै हुन पुगेको छ। हाल सम्म इटाली (+१२४००) र स्पेन (+८२५०) पछी अमेरिकामा कोरोनाका कारण अत्याधिक मृत्यु भएको छ।
अमेरिकाको न्युयोर्क शहर कोरोना महामारीको नयाँ केन्द्रको रुपमा देखिदै त्यहाको समग्र स्वास्थ्य प्रणालीनै अवरुद्द बनाईदिएको छ। दैनिक दशौ हजारको संन्ख्यामा थपिएका बिरामीहरुका निम्ती शहरको बिशाल सम्मेलन केन्द्र र युएस ओपन टेनिस आयोजना हुने टेनिस केन्द्र हाल आस्थायी अस्पताल बनाईएको छ भने सोमबार नै १००० शैया भएको अमेरिकि नौसेनाको अस्पताल न्युयोर्क शहरको बन्दरगाहमा आएको छ।
पछील्लो तथ्यान्क अनुसार अमेरिकामा १७५००० भन्दा बढी ब्यक्तीमा कोरोना संक्रमण देखिएको छ। न्युयोर्क राज्यमा मात्रै ७५००० भन्दा धेरै ब्यक्ती संक्रमित हुँदा १५०० अधिक ब्यक्तीले कोरोनाका कारण ज्यान गुमाएका छन। न्युयोर्कका गभर्नर एन्ड्रेउ कुओमोले पछील्लो तथ्यान्कलाई अत्यन्तै भयावह बताएका छन।








