हामी अझै कती मृत्‍यु बहन गर्न सक्छौ ?

"कोरोनाको उच्च जोखिममा रहेका १०% जनसंख्यालाई मृत्‍युबाट जोगाउन खोज्दा हाम्रो अर्थ ब्यवस्था र आधारभुत संरचनालाई स्थायी रुपले हानी गर्न सक्छ" - बैंकर अलेक्ज्याण्डर डिबेलियस

 

संकटका दुई हप्ता बित्न नपाउदै, कति पन्डितहरुले वास्तवमै हिसाब गर्दै छन – यो अर्थब्यवस्था जोगाउन समाजले अझ कती मृत्‍यु स्विकार्न सक्छ ?

 

यो यस्तो प्रश्न हो जसको कुनै उत्तर छैन, कमसेकम मसँग कुनै उत्तर छैन। तर केही मानिसहरुलाई लाग्दछ कि उनिहरुलाई यसको उत्तर थाहा छ। अहिले एउटा हतोत्साहित पार्ने बहस चल्दै गरेको छ: हामीले के लाई महत्त्वपूर्ण ठान्नु पर्छ – “हरेक ब्यक्तीको स्वास्थ्यको रक्षा” या “यो विनाशकारी संकटबाट अर्थव्यवस्थाको रक्षा” ?

 

दशकौ सम्म, मैले सेप्टेम्बर ११ अथवा लेहमन ब्रदर्सको पतन लगायत सबै प्रकारका संकटहरुको आर्थिक प्रभावबारे लेखेको छु। म आँफैले एउटा ब्यवस्थाको (कम्युनिष्ट साम्यबादी पुर्बी जर्मनीको) सम्पूर्ण प्रणाली पतन भएको अनुभव पनि गरे। र अहिले यो भाईरस आएको छ, जुन अझै सम्म अदृष्य र अज्ञात छ। यो भाईरसको अज्ञातता/अपरिचितता ले नै गर्दा यसलाई अत्यन्तै खतरनाक बनाएको छ र हामीलाई अत्यन्तै चिन्तित। यसबाट हामी यती चिन्तीत छौ कि – हामीहरुले “लकडाउन”, “स्वन्तन्त्र बिचरण /हिडडुल माथिको प्रतिबन्ध” र “सामाजिक-दुरी” लगायतका उपायहरु स्विकारेका छौ। एकखाले प्रलय झै लाग्ने गरी आर्थिक र सार्वजनिक जीवन लगभग पूर्ण रुपले ठप्प भएको छ। अती व्यस्त भनिने समयहरु अब छैनन।

 

हामी विश्वव्यापी वित्तीय संकटहरुको समयमा भन्दा ठुला अंकहरुको हथकन्डा प्रयोग गर्न थालेका छौ। अमेरिकाले लगभग २ ट्रिलियन डलर राहत प्याकेज पास गरिसकेको छ र युरोपेली केन्द्रीय बैंकले ७५० बिलियन डलरको महामारी आपतकालीन खरीद कार्यक्रम शुरू गरेको छ। त्यस्ता प्याकेजहरू विश्वभरि नै घोषणा हुँदै छन।

 

अब यो समयमा निस्चय नै धेरैले सोध्ने प्रश्न के हो भने: तिनीहरुको लागि कसले भुक्तानी गरिदिने छ ? के यो वित्तीय संकट पछि सबै राज्यहरू आफ्नो घाँटी  सम्म ऋणमा डुबेको अवस्था हुने छ त ? यसरी लागु गरिने आर्थिक प्याकेजको परिणाम स्वरुप सामाजिक कल्याण, स्वास्थ्य सेवा प्रणाली, शिक्षा र लगानीमा हुने खर्च घट्छ। बेलायतमा सम्पन्न विश्वसनीय मेडिकल अध्ययनहरूका अनुसार – यस्ता आर्थिक प्याकेजको आंशिक परिणाम स्वरुप सन २००८ र २०१० बीचमा थप हजारौं व्यक्तिहरू क्यान्सरको कारण मरेका थिए किनकि उनीहरूले पर्याप्त उपचार गरेनन वा पाएनन।

 

अहिले, हामी पुन ब्यापारगत बिषय बारे कुरा गर्दैछौं। हामीहरु कती मृत ब्यक्तीको भार बहन गर्न सक्छौ वा चाहन्छौ? अथवा, यसलाई फरक तरीकाले भन्नुपर्दा: हाम्रो निम्ती मानब जीवन कति मूल्यवान छ ? यस्तो हिसाब किताब गर्न के हामीलाई अनुमती छ – जुन हिसाब किताब अहिले निजी इक्विटी प्रबन्धक र गोल्डम्यान स्याक्स जर्मनी अपरेसनका पूर्व प्रबन्धक “अलेक्ज्याण्डर डिबेलियस” ले गरिरहेका छन।

 

अलेक्ज्याण्डर डिबेलियसले सार्वजनिक रूपमै भनेका छन – “कोरोना भाईरसको उच्च जोखिममा रहेका त्यो १०% जनसंख्यालाई मृत्‍युबाट जोगाउनु ठीक निर्णय नहुन सक्छ, किनभने त्यस निर्णयले हाम्रो अर्थ ब्यवस्थालाई गम्भिर नोक्सानी गर्दै हाम्रो सम्पन्न समाजका आधारभुत संरचनालाई स्थायी रुपले हानी गर्न सक्छ”।

 

एउटा चिकित्साशास्त्र अध्ययन गरेको मानिस, एउटा भुतपुर्व सर्जनबाट यस्तो अभीब्यक्ती आउनु – यस भन्दा बढी निर्मम वा गणितिय अरु के हुन सक्छ? हिपोक्रेटिक शपथबारे के भन्ने ? इटालीका बिक्षिप्त बनाएर सताउने ज्वलन्त तस्विर बाहेक अरु के आवश्यक छ ? कसको उपचार गर्ने र कसलाई मर्न दिने भनेर निर्णय गर्नुपर्ने डाक्टरहरूको तस्विर वा ध्वस्त हुँदै गरेको गरेको स्वास्थ्य प्रणालीको तस्बिर।

 

त्यस्तो बिनास/बितन्डा रोक्नु नै मुख्य उद्देश्य हो। इटालीका अस्पतालहरुले भोग्नु परे जस्तो अवस्थाबाट यदी जर्मनी वा अन्य कुनै देशका अस्पतालहरु गुज्रन परेको खन्डमा कोरोना भाईरसका बिरामी मात्रै नमरेर हर्ट अट्याक र स्ट्रोकबाट अन्य थुप्रै मानिसहरु पनि मर्ने छन।

 

इम्पीरियल कलेज लन्डनले अमेरिकाको निम्ती गरेको लाखौं मृत्‍युको पूर्वानुमान जस्तै गरी यी मृत्युहरू “अलेक्ज्याण्डर डिबेलियस” को लागि सामान्य सामूहिक क्षति मात्र हुन सक्छ।

 

मलाई यी चिकित्सक बाट बैंकर बनेका मान्छे (अलेक्ज्याण्डर डिबेलियस) सँग एउटा प्रश्न सोध्नु छ: तिमीले फ्रान्सेली शहर मुलहाउसका २०-बर्षे मेडिकल विद्यार्थीहरूको बारे पढेका छौ, जसले मृत शरीरहरुलाई ब्यागमा राख्न र तिनीहरुलाई बाहिर लैजानु परेको थियो ?

 

अवश्य पनि, अर्थव्यवस्था सुस्त भएको तथ्य एक ठूलो समस्या हो। यो स्थानीय “बार” हरूका लागि समस्या हो, जसले राम्रो समयमा पनि आफूलाई समस्याको पानी भन्दा माथि राख्न हम्मे हम्मे पर्दछ। यो “स्वतन्त्र नाटक निर्देशक” हरूको लागि समस्या हो, जसको अबको आधा बर्षसम्म कुनै नाटक प्रदर्शन हुने छैन। “कार्यक्रम व्यवस्थापनका व्यक्ति” हरूका लागि समस्या हुने छ, “क्याटरर” हरूको लागि समस्या हुने छ। र यो सूची अन्तहीन छ।

 

यो “लुफ्तान्जा” जस्ता ठुला कम्पनीका निम्ती अत्यन्तै ठुलो समस्या हो, किनभने अहिले उडान सम्बन्धी ब्यापार उत्तम ब्यापार मोडेल होइन। अथवा भनौ “भोल्क्सवागन” का निम्ती पनि यो ठुलो समस्या हो, जसले अहिले उत्पादन बन्द गरेको छ, यद्दपी भोल्क्सवागनले आउदो ग्रीष्म (समर) मौसममा ठूलो धूमधामका साथ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने योजना गरेको थियो।

 

तर यसले पनि संकट वास्तवमै कती ठुलो छ भनेर देखाउदछ।  भोल्क्सवागन र अन्य धेरै कार उत्पादकहरुले अहिले कामदारको स्वास्थ्यलाई प्राथमिकता दिदै फ्याक्ट्रीहरु बन्द गरेका छन, यद्दपी अहिले तिनीहरुले गर्ने भनेको उत्पादन “अतिरिक्त भण्डारण” का निम्ती मात्रै हो, किनभने यस्तो अवस्थामा कोही पनि कार किन्न चाहदैनन।

 

यो सत्य हो, कोरोना भाईरसले हाम्रो प्रणालीहरु खाँदै छ। हाम्रो समाजहरु खाँदै छ। हाम्रो स्वतन्त्रताहरुलाई सीमित गर्दै छ। हामी अब नियन्त्रणमा छैनौं भन्ने भावना श्रीजना गर्दै छ। हामीसँग प्रत्येक समस्याको समाधान छ भन्ने हाम्रो विश्वासलाई हल्लाउदै अर्को ठूलो मन्दीको घोषणा हुँदै छ।

 

यती सबै हुँदाहुँदै पनि, हामीलाई त्यस्ता हिसाब गर्ने अनुमति छैन। हामीलाई मर्ने र बाच्न्ने मानिसहरु छनौट गर्ने  अनुमति छैन। हामी अर्थब्यवस्था पुन वृद्दी गराउने नाममा वृद्ध व्यक्तिहरूलाई टाढा बन्द गरेर राख्न सक्दैनौं (यद्दपी युवा व्यक्तिहरू पनि भाईरसबाट मरेका छन)।

 

वैज्ञानिकहरू पक्कै पनि आफ्नो दायित्वबारे सचेत छन; उनीहरूले वर्तमान उपायहरुले पैदा गर्ने सामाजिक र आर्थिक क्षति देख्न सक्ने छन र तदनुसार समायोजित पनि गर्नेछन।

 

हामीले यस अस्थायी र छोटो बिश्रामलाई अनुभुती गर्नु पर्दछ। यो संकटका कारण हाम्रो अहंकारी समाजको मध्यमा एक्कासी फुल्न पुगेको “एकता र एकबद्दताको सानो फुल” को हेरबिचार गर्नुपर्ने छ। एकता र एकबद्दता नै कोरोना भाईरस बिरूद्धको वास्तविक हथियार हो।

 

अर्थव्यवस्था फेरी आफ्नो खुट्टामा उभिने छ – म यसमा निश्चिन्त छु।

 

श्रोत: डिडब्लु