कोरोना बिरुद्द प्रभावकारी निति – “भियतनाम”

जर्मनी जस्ता पश्चिमी देशहरूले केवल संक्रमितहरू र उनीहरूको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको मात्र अभिलेख राखे। तर भियतनामले संक्रमित मानिसहरू सँग दोस्रो, तेस्रो र चौथो स्तरको सम्पर्कमा आएका सम्पूर्णको अभिलेख तयार गर्दै चीन बाहिर कोरोना महामारी फैलनु धेरै अघी नै कडा क्वारेन्टाइनको निती प्रयोग गर्‍यो।

 

उच्च जनघनत्व भएको चीनको छिमेकी भियतनाम सँग कमजोर स्वास्थ्य सेवा प्रणाली छ। भियतनामसँग कोरोना भाईरस विरूद्ध लड्ने बजेट पनि कम छ। तर यस्तो अवस्थामा पनि भियतनामले कोरोना संक्रमण दर न्युन राख्न कसरी सफल भएको छ ?

 

कोरोना भाईरसले चीन देखी हजारौ माइल परका धनाढ्य यूरोपीय देशहरूमा महामारीको आतंक उग्र रुपमा फैलदै गर्दा, चीनकै छेउमा रहेको भियतनाम भने तुलनात्मक रुपले सुरक्षित देखिएको छ।

 

पछिल्लो तथ्यान्कले जर्मनी मात्रैमा पनि ५०,००० भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण देखिदा ३५० भन्दा धेरैले ज्यान गुमाएका छन। चीन सँग ११०० किलोमिटर लामो सिमाना भएको भियतनाममा भने कोरोनाको प्रकोप सुरु भएदेखी १६९ मानिसमा मात्रै संक्रमण देखिदा अहिले सम्म कोरोनाका कारण कसैको मृत्‍यु भएको छैन।

 

भियतनामको यो तन्थ्यान्कलाई हामीले धेरै सावधानी र सन्देह पुर्वक लिदा पनि एउटा कुरा भने स्पष्ट छ: भियतनामले कोरोना भाईरस बिरुद्ध लड्नको लागि अहिले सम्म राम्रो काम गरेको छ।

 

जनवरीको अन्त्यमा “टेट नयाँ बर्ष” मनाउदै गर्दा, भियतनामको सरकारले कोरोना भाईरस बिरूद्ध “युद्धको घोषणा गरिरहेको” भनेको थियो, यद्दपी त्यती बेला कोरोनाको प्रकोप चीनमा मात्रै सीमित थियो। प्रधानमन्त्री नुग्वेन जुआन फुकले भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीको बैठकमा भनेका थिए – “यो कोरोना भाईरस हाम्रो देशमा पुग्न धेरै समय लाग्दैन, यसको महामारी संग लडनु भनेको दुश्मन संग लडनु हो”।

 

यद्यपि यो लडाईका निम्ती “ठुलो सरकारी रकम र भरपर्दो सार्वजनिक स्वास्थ्य प्रणाली” आवश्यक पर्दछ, जुन दुई चीजहरूको भियतनाममा अभाव छ।

 

भियतनाम सँग ३५०००० भन्दा धेरै कोरोना परिक्षण गर्दै दक्षिण कोरियन शैलीमा कोरोना भाईरस बिरुद्द लड्ने सामर्थ्य छैन। यस देशको स्वास्थ्य सेवा पनि सिमित छ। ८० लाख जनसंन्ख्या भएको हो चि मिन्ह शहरका मेयर न्युगेन थाना फोङका अनुसार – शहरका अस्पतालहरुमा कुल ९०० जती सघन उपचार शैयाहरु उपलब्ध छन। तर महामारीका समय यो सुबिधा सजिलै र छिट्टै अपर्याप्त हुनेछ।

 

कोरोना बिरुद्धको लडाईंका निम्ती भियतनामले अत्यन्तै कडा क्वारेन्टाइन नितीहरु अपानाउदै, कोरोना भाईरसको संपर्कमा आएका सम्पूर्ण मानिसको पूर्ण बिवरण संकलन गर्दै कडा निगरानी थाल्यो। चीनमा महामारी फैलिएर “सम्पूर्ण शहर नै लकडाउन गर्नु” भाईरस फैलन नदिने अन्तिम उपायका रुपमा चीनियाहरुले प्रयोग गर्नु भन्दा धेरै अघी नै भियतनामले कडा क्वारेन्टाइन निती अख्तियार गरी सकेको थियो।

 

उदाहरणको लागी १२ फेब्रुअरीमा भियतनामले होनई नजिकै १०००० मानिस भएको एउटा शहर तीन हप्ताका लागि पूर्ण रुपमा क्वारेन्टाइन भित्र राख्यो। त्यस समयमा भियतनाम भरी केवल १० वटा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। भियतनामका अधिकारीहरूले कोरोना भाईरस र संक्रमित ब्यक्तीको संपर्कमा आउन सक्ने सम्भाबित सबैको बृहत अभिलेख तयार गर्दै सावधानीपूर्वक निगरानी गरे।

 

जर्मनी जस्ता पश्चिमी देशहरूले केवल संक्रमितहरू र उनीहरूको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको मात्र अभिलेख राखे। तर भियतनामले संक्रमित मानिसहरू सँग दोस्रो, तेस्रो र चौथो स्तरको सम्पर्कमा आएका सम्पूर्णको अभिलेख तयार गर्‍यो। साथै ती सबै व्यक्तिहरूलाई हिडडुल तथा अन्य सँगको भेटघाटमा ब्यापक कटौती गर्दै कडा नियम भित्र राखियो।

 

यस बाहेक प्रारम्भ देखी नै , कोरोना संक्रमणको उच्च जोखिम भएको क्षेत्रबाट भियतनाम प्रबेश गर्ने जो कोहीलाई पनि अनिवार्य १४ दिन सम्म क्वारेन्टाइनमा अलग्गै बस्न वाध्य गरियो। साथै सबै स्कूल र विश्वविद्यालयहरू पनि फेब्रुअरीको शुरू देखि बन्द गरिए।

 

कोरोना भाईरसको प्रकोप रोक्न औषधी र प्रविधिमा भर पर्नुको सट्टा भियतनामको बलियो राज्य सुरक्षा संयन्त्रले गर्ने सार्वजनिक निगरानी प्रणालीको व्यापक प्रयोग गरियो जसमा तुलनात्मक रुपले सुबिधायुक्त र आमरुपमा सम्मानित सेनाले पनि सहयोग पुर्‍यायो।

 

हरेक गाउ, छरछिमेक, दोबाटो-चौबाटो र सडकमा सुरक्षा अधिकारीहरू वा कम्युनिष्ट पार्टीका जासूसहरू फेला पार्न सकिन्छ। सेनाले पनि कोरोना भाईरस बिरूद्धको युद्दा आफ्न सिपाही र बस्तुहरु तैनाथ गरिरहेको छ।

 

यस कडा निगरानीबाट सम्भवत कोही पनि बच्न सक्दैन वा कसैले पनि नियमहरु  उलङ्घन गर्न सक्ने छैन।

 

तर यस बिधीको नकारात्मक पक्ष के हो भने – जो कोरोना भाईरसबाट संक्रमितहरु सामाजिक रुपमा र सामाजिक सन्जालहरुमा बहिस्कृत हुनुपर्छ। युरोप यात्रा पछी भियतनाम फर्किदा कोरोना भाईरसबाट संक्रमित भएकी एक महिलाको बिवरण सार्वजनिक हुन पुग्यो। उनलाई सरकारी नियम पालना नगरेको, निर्देशनहरुलाई बेवास्ता गरेको भन्दै सामाजिक सन्जालमा व्यापक अपमान गरिएको थियो।

 

उनी विशेष थिइन, किन भने जब उनी युरोपबाट संक्रमित भएर होनई आईन, त्यतीबेला सम्म भियतनाममा पहिले देखी नै संक्रमित भएका अन्य १६ जनाहरु भने उपचार पछी निको भईसकेका थिए। त्यसैले ती महिलालाई भियतनाममा कोरोना भाईरस पुन लिएर आउने ब्यक्तीको रुपमा हेरियो। कोरोना भाईरसबाट संक्रमित हुनेहरूका लागि यस प्रकारको सामाजिक अपमान र बहिस्कारले सरकारी नियमहरूको पालना गर्दै सरकारी नियन्त्रणमा बस्न ठूलो मात्रामा सामाजिक दबाव पैदा गर्दछ।

 

भियतनामले कोरोना भाईरस बिरूद्धको लडाईमा एक किसिमको युद्धकालिन शैलीको प्रभावकारी प्रचार गरिरहेको छ। प्रधानमन्त्रीले भनेका छन्: “हरेक व्यवसाय, हरेक नागरिक, प्रत्येक आवासीय क्षेत्र यस महामारीलाई रोक्नको लागि युद्दकिल्ला हुनुपर्दछ।” यसले संकट र कठिनाईको समयमा सधैं एकभएर लड्ने आफ्नो क्षमता प्रती गर्व गर्ने भियतनामी जनातालाई धेरै प्रभाबित गरेको छ। राज्य-नियन्त्रित संचार माध्यमले एक विशाल सूचना अभियान पनि शुरू गरेको छ। भियतनामी स्वास्थ्य मन्त्रालयले भाईरसबाट बच्न कसरी उचित तरिकाले हात धुने भन्दै यूट्यूबमा प्रसारण गरेको गीत भाईरल भएको छ।

 

सामाजिक सन्जालको भाव र केही भियतनामीहरू सँगको कुराकानीका आधारमा बहुमत भियतनामी जनता सरकारी कदमहरूसँग सहमत भएको देखिन्छ, यद्यपि यसलाई प्रमाणित गर्न कुनै औपचारिक अध्ययनहरू भने भएका छैनन।

 

यस संकटको घडीमा भियतनामले तुलनात्मक रुपले आफुलाई प्रभावकारी देखाउन सक्नुलाई भियतनामीहरुले गर्वको रुपमा लिएका छन। कोरोना भाईरस बिरुद्ध देशका सेनानी उप-प्रधानमन्त्री भु डुक डाम “राष्ट्रिय नायक” को रुपमा सामाजिक संजालहरुमा चर्चित भएका छन।

 

यस्तो सफलताले नागरिक अधिकार हननको आरोप लाग्ने भियतनामको एक दलिय कम्युनिष्ट सरकारलाई राजनीतिक फाइदा पुर्‍याउँछ भन्ने तथ्यबाट केही व्यक्तिहरू चिन्तित छन। अहिले मानिसहरू संचार माध्यमको कडा नियन्त्रणलाई पनि सजिलै स्वीकार गरिरहेका छन्।

 

कोरोना संक्रमण कम भएता पनि, यसले भियतनाम माथि निम्त्याउन सक्ने ठुलो आर्थिक भारको अनुमानलाई पनि जनताले सहर्ष र ब्यापक रुपमा स्विकार गरेका छन।

 

सरकारी तथ्यान्कका अनुसार सन २०२० को पहिलो दुई महिनामा ३०००० व्यवसाय बन्द भएका छन। पर्यटनमा गिरावट आए लगत्तै “भिन समूह” जस्ता ठूला समूहले दर्जनौं होटेल र रिसोर्टहरु बन्द गरेका छन जसले कामदारहरूको रोजगार गुम्न पुगेको छ।

 

यस संकटलाई सहज गर्न, भियतनाम सरकारले अर्थतन्त्रमा तरलता कायम गर्न १.१ बिलियन डलर उपलब्ध गराएको छ। यद्यपि अर्थबिध र वित्तिय अधिकारीहरूले यस संकटको कारण राजस्व कर सुक्ने अनुमान गरेका छन।

 

भियतनामको सरकारले स्वैच्छिक चन्दाको लागि पनि आह्वान गरिरहेको छ – र जनताहरुले सकेजति दिइरहेका छन् किनभने उनीहरू यस संकटको समयमा र कोरोना भाईरस बिरूद्धको लडाईमा आफ्नो सरकारमाथि पूर्ण विश्वास गर्दछन्।

 

श्रोत: डोएचेभेले