नवलपुर रजहरको सामुदायिक प्राकृतिक चिकित्सालय क्वारेन्टाइन बनाइने
नवलपुर रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गरिने निर्णय चिकित्सालय ब्यवस्थापनले गरेको छ।
यस प्रायोजनका लागि लगभग ४०० शैया रहेको चिकित्सालयले हाल अन्य उपचारका निम्ती भर्ना भएका बिरामीहरुलाई डिस्चार्ज गरेको ब्यवस्थापक हरी सापकोटाले संचार माध्यमलाई जानकारी गराएका हुन।
देवचुली नगरपालिका लगायत नवलपुर क्षेत्रका कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरुलाई उक्त चिकित्सालयमा क्वारेन्टाइनमा राखिने छ।
नेपालकै पहिलो जनस्तरबाट सञ्चालित यस सामुदायिक प्राकृतिक चिकित्सालय सन्चालनमा आए देखी नै बिरामीका लागि नमुना गन्तव्य बन्दै बिरामीहरुको चाप हरेक बर्ष बढ्दै गइरहेको छ।








