अमेरिकाले उछिन्यो चीनलाई – कोरोना संक्रमणमा विश्वको नम्बर एक।

अमेरिकामा कोरोना संक्रमितको संन्ख्या ८२००० नाघेको छ - जुन चीनको भन्दा धेरै हो।

 

कोरोना संक्रमितको संन्ख्या तिब्र गतीमा बढ्दै गएको अमेरिकामा कोरोना संक्रमितको संन्ख्या ८२००० नाघेको छ जुन चीनको (८१२८५) भन्दा धेरै हो। यस सँगै अमेरिका कोरोना संक्रमित देशहरुको तालिकामा पहिलो स्थानमा पुगेको छ।

 

अमेरिकामा गएको २४ घण्टामा १३००० भन्दा धेरै नयाँ संक्रमित थपिएका छन भने हाल सम्म कोरोनाबाट ११७७ मानिसको मृत्‍यु भईसकेको छ। अमेरिका फर्स्टको नारा प्रयोग गर्ने संसारकै शक्तीशाली कमान्डर इन चिफ डोनाल्ड ट्रम्पका निम्ती कोरोना महामारी चुनौतीपूर्ण देखिएको छ।

 

अमेरिकामा कोरोनाको मुख्य केन्द्र बिन्दुको रुपमा न्युयोर्क देखिएको छ, जहाँ हाल सम्म ३७००० बढी  संक्रमित रहेका छन भने ३८५ ब्यक्तीको मृत्‍यु भएको छ।

 

केही दिन अघी न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुओमो द्वारा आफ्नो राज्यमा कोरोना भाईरसको संक्रमण “बुलेट ट्रेन” को गती भन्दा तिब्र रुपले फैलदै गएको बताउदै संघिय सरकार सँग चिकित्सकिय सहयोगको आवश्यक आपुर्तीको लागि अनुरोध गरेका थिए।

 

हालै अमेरिकामा कोरोना महामारी विरुद्धको संघर्षमा अत्यावस्यक चिकित्सकिय समाग्रीको गम्भिर अभाव देखिएको कुरा बिभिन्न प्रतिबेदनले सार्वजनिक गरेका थिए।

 

 

यद्दपीले ट्रम्पले मंगलबार साँझ ह्वाइट हाउसको ब्रिफिङमा – “आफ्नै अस्तित्वका लागि हामी कुनै पनि विदेशी देशमा निर्भर हुनु हुँदैन,अमेरिका कहिल्यै पनि सहयोग माग्ने निवेदक राष्ट्र बन्न सक्दैन” भनेका थिए।

 

लगत्तै ट्रम्प प्रशासनले युरोपेली र एसियाली साझेदार राष्ट्रहरुसँग अमेरिकालाई तत्काल अत्यावस्यक रहेका कोरोना परीक्षण किट र अन्य चिकित्सकिय उपकरणहरू आपूर्ति गरिदिन अनुरोध गरेको समाचारहरु सार्वजनिक भएका थिए, जसमा व्हाइट हाउसले कुनै औपचारिक प्रतिकृया जनाएन।

 

संसारभरी हाल सम्म कुल ५२५००० भन्दा धेरै ब्यक्ती कोरोना संक्रमित हुँदा २३००० भन्दा धेरैले ज्यान गुमाएका छन, जसमा इटालीबाट मात्रै ८००० भन्दा बढीको मृत्‍यु भएको छ।