कोरोना भाईरस फैलाउन रेलको टिकट मेसिन “जिब्रोले चाटेको” आरोपमा जर्मनीमा एक ब्यक्ती पक्राउ।
सामाजिक सन्जालमा सेयर गरेको भिडियोमा - उनी भूमिगत रेलको टिकट मेसिनहरु जिब्रोले चाट्दै गरेको देखिएका छन
कोरोना भाईरसको संक्रमण फैलाउने उद्देश्य सहित जर्मन शहर म्युनिकको भूमिगत रेलको टिकट मेसिन “जिब्रोले चाटेको” आरोपमा जर्मन प्रहरीले एक ३३ बर्षे ब्यक्तीलाई पक्राउ गरेका छन ।
पक्राउ परेका ब्यक्तिले सामाजिक सन्जालमा सेयर गरेको भिडियोमा – उनी भूमिगत रेलको टिकट मेसिनहरु, रेलिङहरु साथै स्केलेटर (लिफ्ट) का हेन्डरेलहरु आफ्नो जिब्रोले चाट्दै गरेको देखिएका छन। जर्मन पत्रीका सुडडोएचे चाइटुङ तथा समाचार संस्था एएफपीले म्युनिख प्रहरीलाई उल्लेख गर्दै “आरोपित ब्यक्तिले आफु कोरोना भाईरस संक्रमित रहेको र उक्त भाईरस अरुलाई पनि फैलाउन चाहेको” बताएका छन।

प्रहरीले उनलाई नियन्त्रणमा लिए लगत्तै सार्वजनिक रुपमा नियोजित (शारिरिक) हमला योजनाको मुद्दा लगाएको छ। म्युनिक प्रहरीका प्रवक्ताले – पक्राउ परेका ब्यक्ती वास्तवमै कोरोना संक्रमित हुन या होइनन प्रष्ट नरहेको र उनको आवश्यक परिक्षण गरिदै गरेको जानकारी गराए।
आईतवार बेलुका मात्रै जर्मनीमा कोरोना संक्रमणलाई न्युनिकरण गर्ने उद्देश्य सहित २ भन्दा बढी ब्यक्तीको जमघटमा प्रतिबन्द लगायतका कडा नियम लगाईएको छ। जर्मन चास्न्लर मेर्केललाई गत शुक्रबार एक खोप दिएका चिकिस्तकमा कोरोना संक्रमण पोजिटिभ देखिए लगत्तै आईतवार बेलुका देखी नै चान्स्लर मेर्केल क्वारेन्टाइनमा बसेकी छन। यद्दपी सोमबार गरिएको चान्स्लर मेर्केलको पहिलो कोरोना परिक्षण नेगेटिभ आएको छ।
सोमबार बेलुका सम्मको तथ्यान्क अनुसार जर्मनीमा २७००० भन्दा धेरै ब्यक्तीमा कोरोना संक्रमण देखिएको छ भने ११५ ब्यक्तीको मृत्यु भएको छ।








