कोरोना बिरुद्द प्रभावकारी निति – “कोरिया”!
दक्षिण कोरियामा कोरोना भाईरसका कारण हुने मृत्यु दर ०,९७ प्रतिशत रहेको छ भने इटालीमा ७,९४ प्रतिशत छ ।
गत हप्ता कोरोना भाईरसको संक्रमण बिश्वभरी द्रुत गतीमा फैलियो भने इटालीमा कोरोनाका कारण मृत्यु हुनेको सन्ख्या अब चीनको भन्दा धेरै हुन पुगेको छ। विश्वभरीका सरकारहरुले आफ्ना नागरिकहरुलाई सेल्फ आईसोलेट गर्न, सिमानहरु बन्द गर्न, शहरहरु लकडाउन गर्न र अत्यावस्यक बाहेकका ब्यवसाय बन्द गर्न आग्रह गरेका छन।
यस संकटका दौरान एसियन मुलुकमा देखिएको संक्रमणको दोश्रो बहावका बावजुद दक्षिण कोरियाले यस महामारीमा अहिलेसम्म संसारकै न्युन संक्रमण र मृत्यु दर कायम गर्न निरन्तर सफल देखिएको छ।
जोन हप्किन्स विश्वबिद्यालयका स्वास्थ्य अनुसन्धानकर्ताका अनुसार यस हप्ताको तथ्यान्कका आधारमा दक्षिण कोरियामा कोरोना भाईरसका कारण हुने मृत्यु दर ०,९७ प्रतिशत रहेको छ भने इटालीमा ७,९४ प्रतिशत मृत्यु दर रहेको छ। त्यस्तै चीन र हङ्कङमा यो दर ३,९८ प्रतिशत र अमेरिकामा १,६८ प्रतिशत रहेको छ।
इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युटका डाइरेक्टर जनरल “जेरोम किम” का अनुसार दक्षिण कोरिया कोरोना संक्रमण बिरुद्ध प्रभावकारी र सफल देखिनुको एउटा प्रमुख श्रेय दक्षिण कोरियाको मजबुत बायोटेक इन्डस्ट्रीलाई जान्छ जुन बैज्ञानीकहरुद्वारा सन्चालन गरिएका साना साना कम्पनीहरु मिलेर बनेको छ। किमले भने – “चिनियाहरुले कोरोना भाईरसका बारे बिभिन्न तथ्य र अनुक्रमहरु प्रकासित गरे लगत्तै ति कम्पनीहरुले तिनिहरुको अध्ययन गरेर द्रुत गतिमा परिक्षण बिधी तयार गरे।” कोरियन कम्पनीहरुले द्रुत गतीमा परिक्षण बिधी र किट बिकास गरेका कारण अहिले कोरिया प्रती दिन २०,००० कोरोना परिक्षण गर्न सक्षम छ। किमका अनुसार – अहिले कोरियाले ठाउँ ठाउँमा कोरोना परिक्षण केन्द्रहरु स्थापना गरेको छ जहाँ मानिसहरु सजिलै गएर आफुलाई कोरोना संक्रमण भए नभएको निसुल्क परिक्षण गर्न सक्दछन। साथै संक्रमण भएको पत्ता लागेलगत्तै संक्रमित ब्यतीलाई क्वारेन्टाइनमा राख्ने गरेका छन।
फेब्रुअरीको सुरुवाती दिनमा, सरकारले कोरोना भाईरस संक्रमित मानिसहरुका मोबाइल फोन रेकर्ड, क्रेडिट कार्ड रिसिप्टस र अन्य ब्यक्तिगत बिवरणहरु पनि सन्कलन गरेको थियो। उक्त बिवरणहरु कोरोना भाईरसको संक्रमण र फैलावटलाई ट्र्याक गर्न प्रयोग गर्दै सर्वसाधारणलाई पनि आवश्यक सुचना उपलब्ध गराईएको थियो। किमका अनुसार – यस्तो अवस्थामा शहरको स्वास्थ्य वा देशको स्वास्थ्य सँग सँगै तपाईं सँग ब्यक्तिगत बिवरण प्रयोगको अधिकार पनि हुने गर्दछन। अधिकान्स ब्यक्तीले मुलत संक्रमणका केही लक्षण देखिदा आफु सम्भाबित संक्रमणमा परेको नपरेको थाह पाउनका निम्ती ब्यक्तिगत बिवरण प्रयोगमा कुनै रोकावट गर्दैनन । दक्षिण कोरियाले प्रभावकारी रुपमा कोरोना भाईरस संक्रमण बिरुद्द लड्दै गरेको भएता पनि युद्द अझै सकिएको छैन भन्दै किम थप भन्छन – यो युद्द जस्तै हो र युद्दमा पहिलो लडाईं जित्नु महत्त्वपूर्ण भएता पनि त्यो मात्रै सबथोक भने होइन। किमका अनुसार सरकारको प्रमुख प्राथमिकतामा जनताको दैनिक जीवन पुन सामान्यकरण गर्नु हुनेछ। यसका लागि एक मात्र उपाए भनेको कोरोना बिरुद्द खोपको प्रयोग गर्नु नै हो । किमको बिचारमा – मानिसहरु जब उनिहरुको सामान्य दैनीकीमा फर्किन्छन तब उनिहरुलाई उनीहरु पूर्ण रुपले सुरक्षित रहेको अनुभुती गराउनु महत्त्वपूर्ण हुनेछ।
श्रोत: अलजजिरा








