ईरानमा कोरोनाले निम्त्याएको बिनास ।
१२ हजार देखी अधिकतम ३५ लाख मानिसको मृत्यु हुन सक्ने बिज्ञहरुको चेतावनी !
ईरानको सम्मानित सारीफ प्राबिधिक विश्वबिद्यालयका अनुसन्धानकर्ताहरुद्वारा हालै एक कम्प्युटर सिमुलेसन प्रोग्रामको बिकास गर्दै ईरानमा हुन सक्ने थप कोरोना भाईरस संक्रमणको तथ्यान्क अनुमान गरेका छन। त्यस प्रोग्राम अनुसार – सरकारले सम्पूर्ण उच्च जोखिम युक्त क्षेत्रमा क्वारेन्टाइन गरेको,जनताले क्वारेन्टाइनको नियम पूर्ण पालना गरेको र सम्पूर्ण आवश्यक श्वास्थ्य सामाग्री पूर्ण रुपले उपलब्ध भएको बिशेष अवस्थामा अबको एक हप्तामा कोरोनाको संक्रमण सर्बोच्च बिन्दुमा पुग्ने र कुल १२,००० सम्मको मृत्यु हुने अनुमान छ।
सरकारले सम्पूर्ण जोखिमयुक्त स्थान क्वारेन्टाइन गर्न नसक्ने, जनताले क्वारेन्टाइनको नियम पूर्ण पालना नगर्ने, अमेरिकी आर्थिक प्रतिबन्धका कारण आवश्यक श्वास्थ्य सामाग्री उपलब्ध नहुने र फितलो ब्यवस्थापनका कारण संक्रमणको वास्तबिक अवस्था र मृत्यु अझै भयावह हुन सक्ने देखिन्छ। उल्लेखित कठिनाईहरुलाई पनि प्रभावमा लिदा, मे महिनाको अन्त्य सम्म पनि संक्रमण उच्च बिन्दुमा नपुग्ने र अत्यन्तै प्रतिकुल अवस्थामा ३५ लाख सम्म मानिस मर्न सक्ने सम्भावना रहेको अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन।

सरकारी अधिकारिक तथ्यान्क अनुसार हालसम्म १६,००० भन्दा धेरै ब्यक्तीलाई कोरोना भाईरसको संक्रमण रहेको र ९८८ जनाको मृत्यु भएको छ। ईरान अहिले कोरोना भाईरसको संक्रमणले अत्याधिक मृत्यु हुने मुलुक मध्य तेश्रो स्थानमा रहेको छ। यद्धपी धेरैले ईरानमा कोरोना भाईरसको संक्रमणले भएको वास्तबिक मृत्युको सन्ख्या सरकारी आकडा भन्दा निक्कै धेरै रहेको आशंका गरेका छन। मंगलवार मात्रै विश्व स्वास्थ्य संगठनले ईरानमा सरकारी आकडा भन्दा ५ गुणा धेरै मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ।
ईरानमा कोरोना भाईरसको संक्रमणबाट फेब्रुअरी १९ मा पहिलो पटक कोम शहरमा मृत्यु भएको थियो, जहाँ अहिले कामदारहरु लगातार रुपमा चिहान खनी रहेका छन। मार्च १२ मा अमेरिकी पत्रीका वासिङ्टन पोस्टले सेटेलाइट तस्विरहरु प्रकासित गर्दै हतारमा बिस्तार गरिएका र नयाँ निर्माण हुँदै गरेका बिशाल चिहानहरुबारे उल्लेख गरेको थियो। कोम सहरमा धार्मिक रुपले कट्टरपन्थीहरुको बाहुल्यता रहेको छ जहाँ कोरोना भाईरसको संक्रमणको गाम्भिर्यतालाई अझै पनि स्विकार गरिएको छैन। हप्तौको हिचकिचाहट पस्चात हालै मात्र कोम शहरका अधिकारीहरुले प्रोफेट मोहम्मदकी नातिनी फतिमा मासुमेहमा समर्पित धार्मिक स्थल बन्द गर्ने निर्णय गरेका थिए। तर सोमबार बेलुका भक्तजनहरुले त्यहा लगाईएको प्रतिबन्धलाई तोड्दै उक्त स्थानमा भेला भएर प्रार्थना गरेका छन। धार्मिक प्रतिपक्षको बिरोधका कारण राजधानी तेहरानबाट मात्रै १३० किलोमिटर दुरीमा रहेको यस शहरलाई क्वारेन्टाइनमा राख्न केन्द्रिय सरकार असफल रहेको छ।

हाल सम्म राजधानी तेहरानमा सबै भन्दा धेरै कोरोना भाईरसको संक्रमण र मृत्यु भएको छ जसले सरकारको प्र्भावकारीता माथि नै प्रश्न उठेको छ। आईतवार मात्रै सर्बोच्च धार्मिक नेता अयातोल्लाह अली खमेनीद्वारा राष्ट्रिय सेनालाई राष्ट्रपती हसन रौहानी र उनको सरकारको निर्देशन मान्न आदेश दिएका थिए। यस अघी पनि ईरानी सेनाका कमान्डर इन चिफ खमेनीले कोरोना बिरुद्दको युद्दमा सेनालाई नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका थिए। तथायी अझै पनि कसको नेतृत्व र मुख्य जिम्मेवारी रहने प्रष्ट भएको छैन।
ईरानी सेनाका चिफ अफ स्टाफ मोहम्मद बघेरीले १० भित्र अवस्था नियन्त्रणमा ल्याउन सकिने जानकारी गराए लगत्तै तेहरानमा कर्फ्युको हल्ला चलेको थियो। तर आईतवार रौहानीले क्वारेन्टाइन कर्फ्यु लगायतका निर्णयहरुबारे सरकारको माताहतमा रहेको क्राइसिस म्यानेजमेन्ट ग्रुपले मात्रै निर्णय गर्न सक्ने भन्दै बघेरीको भनाइको घुमौरो तरिकाले खन्डन गरे। यद्दपी रौहानीद्वारा अझै पनि राजधानी तेहरानमा आपतकाल वा लकडाउनको घोषणा गरेका छैनन। यस बाहेक तेहरानका मेयर पिरोज हनाचीले अमेरिकि नाकाबन्धीका कारण तेहरानलाई क्वारेन्टाइनमा राख्न र क्वारेन्टाइनमा बस्ने जनताको रेखदेख गर्ने श्रोत साधन आफुहरुसँग नरहेको जानकारी गराएका छन।
कोरोना भाईरसको महामारी बिरुद्ध लड्न गत बिहीबार ईरान सरकारले ५ बिलियन डलर ऋणको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषमा निबेदन गरेको छ। गएको ५० बर्षमा ईरानले अन्तरराष्ट्रिय मुद्रा कोषमा ऋण सहयोगको लागि निबेदन गरेको यो पहिलो पटक हो। ईरानले उक्त ऋण रकम पाएको खन्डमा पनि आवश्यक श्वास्थ्य सामाग्री र औषधी किन्न असमर्थ हुने देखिन्छ किनभने ईरान बिरुद्धको अमेरिकी आर्थिक प्रतिबन्धले ईरानका निम्ती अन्तर्राष्ट्रिय बैन्किङ प्रकृया लगभग असम्भव बनाएको छ।
श्रोत: डोएचे वेले








