कोरोना भाइरस, चिसो (रुघा खोकी) वा मौसमी फ्लु – लक्षण र सुरक्षित हुने उपाए !
मास्कले कोरोना भाईरसबाट पूर्ण रुपले जोगाउछ त ?
नाकबाट सिगान वा पानी बग्नु, खोकी लाग्नु , घाटीमा दु:खाई अनी ज्वरो आउनु – यस्ता लक्षणहरु धेरै बिमारीका सुरुवाती लक्षण सँग मिल्छ जान्छ। तसर्थ बिमारीको कारण ब्याक्टेरिया वा भाईरस मध्य के को सन्क्रमण हो थाहा पाउन मुस्किल हुने गर्दछ।
कोभिड-१९ का नामले चिनिने कोरोना भाईरसको सन्क्रमण प्रारम्भमा चिसोमा हुने मौसमी फ्लु सँग मिल्न जान्छ।
कोरोना भाईरस सन्क्रमणमा देखिने प्रारम्भिक बिशेष लक्षण
– ज्वरो आउनु
– सुख्खा खोकी लाग्नु
– श्वासप्रश्वासमा असहजता हुनु
– मान्सपेसीमा दु:खाई हुनु
– थकान लाग्नु
कोरोना भाईरससँग तुलनात्मक कम सम्बन्धित लक्षण
— कफ खकार आउनु
— टाउको दुख्नु
— खकारमा रगत देखिनु
— पखाला लाग्नु
कोरोना भाईरस सन्क्रमणसँग असम्बन्धित लक्षण
— नाक बाट सिगान वा पानी निरन्तर बग्नु
— घाटीमा दुखाई हुनु
नाकबाट सिगान वा पानी निरन्तर बग्नु र घाटीमा दुखाई हुनु सामान्यतया शरीरको माथिल्लो भागमा हुने श्वासप्रश्वास सन्क्रमण सँग सम्बन्धित हुने गर्दछ। तसर्थ पटक पटक आच्छीउ आउनु वा रुघा लाग्नु सम्बभवत मौसमी फ्लु वा चिसो लागेको लक्षण हुन सक्छन ।
कोरोना भाईरसको सन्क्रमण शरीरको तल्लो भाग (छाती/फोक्सो) मा हुने श्वासप्रश्वास सन्क्रमण सँग सम्बन्धित भएको हुँदा, सन्क्रमित ब्यक्तीमा सुख्खा खोकी र श्वासप्रश्वासमा असहजता देखिन सक्छ तर घाटीमा दु:खाई हुने सम्भावना थोरै हुन्छ।
कोरोना भाईरसको सन्क्रमणको सुरुवाती दिनमा लक्षणहरु नदेखिन पनि सक्छ। जर्मन सरकारको रोग नियन्त्रण तथा रोकथाम संस्था – “रोबर्ट कोख इन्स्टिट्य्चुट” का अनुसार यस कोरोना भाईरसको सम्भाबित सन्क्रमणको लक्षण देखिने ऊष्मायन अवधी १४ दिन सम्मको हुनसक्छ। यदी कोही ब्यक्ती आफ्नो अवस्था प्रती ढुक्क छैन भने उसले डाक्टरको सल्लाह लिनु उपर्युक्त हुन्छ। स्वास्थ्यकर्मी द्वारा कफको परिक्षण गरी श्वासप्रश्वास सम्बन्धित भाईरस रहेको नरहेको निस्चित गर्न सक्दछन र सन्क्रमण सम्बन्धित दुबिधा अन्त्य गर्न मद्दत गर्दछ।
मास्कले कोरोना भाईरसबाट पूर्ण रुपले जोगाउछ त ?
वास्त्वकमा मास्कले बिभिन्न सन्क्रमणबाट जोगाउने भएता पनि कोरोना भाईरसको सन्क्रमणबाट पूर्णरुपले जोगाउन भने सक्दैन। भाईरसहरु हावाबाट सर्ने वा संचारित वा सन्क्रमित हुने नभई सन्क्रमित ब्यक्ती सँगको प्रतक्ष संपर्कबाट (जस्तै हात मिलाउदा, थुकका साना थोपाबाट ) सर्ने वा सन्क्रमित हुने गर्दछ। तसर्थ आफुलाई सन्क्रमित ब्यक्तीबाट पर राख्नु नै कोरोना भाईरसको सन्क्रमणबाट बच्ने उपर्युक्त उपाय हो। यस बाहेक नियमित राम्रो सँग साबुन र तातो पानीले हात धुनु र हातलाई सफा डिस्पोसेबल टावेलले पुछ्नु यस सन्क्रमणबाट जोगिने सबै भन्दा राम्रो उपाय हो।
सामान्यता भाईरल इन्फ्ल्युन्जा र मौसमी चिसो लाग्दाका लक्षणहरु बिचको भिन्नता देखाउन स्वास्थ्यकर्मीलाई पनि गार्हो हुन सक्छ।
प्राय मौसमी चिसो लागेको अवस्थामा ब्यक्तीलाई घाटीमा खसखस हुनु, नाकबाट पानी वा सिगान बग्नु र खकार सहितको खोकी लाग्ने देखिन्छ। यस बाहेक ज्वरो र टाउको दुख्दा ब्यक्तीलाई केही दिन गार्हो र कष्टप्रद हुन सक्छ।
यसको तुलनामा भाईरल इन्ल्युएन्जा (फ्लु) बाट सन्क्रमित हुँदा – टाउको र हातखुट्टामा दु:खाई हुन्छ, सुख्खा खोकी लाग्छ, आवाज कर्कस सुनिन्छ, घाटीमा पिडा हुन्छ र उच्च ज्वरो आउछ, यस बाहेक जाडो भएर छोटो समयमै ब्यक्तीलाई असहज हुन सक्दछ। फलत ब्यक्ती थकित र खानाको अरुची सहित घण्टौ सुती मात्रै रहन चाहने हुन्छ।
मौसमी चिसोका लक्षणहरु सामान्यतया केही दिन वा एक हप्ता भित्रमा हराउछन भने भाईरल इन्फ्ल्युन्जा (फ्लु)का लक्षणहरु एक हप्ता देखी केही हप्ता सम्म रहन सक्छन।
अधिकान्स मौसमी चिसो र फ्लुहरु भाईरसका कारणले हुने हुँदा एन्टिबायोटिक्सहरुले काम गर्दैनन।








