चीनको बुहानबाट उद्धार गरिएका १७५ जना नेपाली काठमाडौँ ल्याइए

स्वास्थ्य

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थल चीनको बुहानबाट उद्धार गरिएका १७५ जना नेपाली नेपाल एयरलाइन्सको विमानबाट आइतबार बिहान काठमाडौँ ल्याइएका छन् । विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि ल्याइएका सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । आउने भनिएका १८५ जना नेपालीमा, ४ जना स्वदेश फर्किन नचाहेको र ६ जना लाई चेकजाँचका क्रममा स्वास्थ्यमा समस्या देखिएकाले चीनमै रोकेको बताइएको छ । ल्याइएका सबैलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा राखि परीक्षण गरिनेछ ।