नेपाल प्रहरीको नयाँ प्रमुख (आईजीपी) मा ठाकुर ज्ञवाली नियुक्त
काठमाडौँ । सरकारले नेपाल प्रहरीको नयाँ प्रमुख (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल लगाएत १८ डीआईजी र ३ एआईजीले ३० वर्षे सेवा अवधी हदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।








