ओमानको आज अमेरिका माथिको दोस्रो जित संगै, सिरिजका चारै खेलमा जित
खेलकुद
काठमाडौं २८ माघ । कीर्तिपुरमा भइरहेको विश्वकप लिग दुइ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज मंगलबार ओमान र अमेरिका बिच भएको खेलमा ओमानले उत्कृस्ट प्रदर्शन गरेको छ । ओमानले अमेरिकामाथि ९२ रनको जीत हात पार्दै सिरिजमा लगातार चौथो जीत दर्ता गर्यो । २७७ रनको लक्ष्य पछ्याएको अमेरिकालाई ओमानले ३९,१ ओभरमा १८४ रनमा अलआउट गर्यो । नेपाल र अमेरिका बिच बुधवार सिरिजको अन्तिम खेल हुँदै छ ।








