८ भारतीय पर्यटकको मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा होटलमा मृत्यु

माघ ८ काठमाडौं / दक्षिण भारतको केरलाबाट नेपाल भ्रमणका लागी आएका चार बालबालिका सहित आठ भारतीय पर्यटकको मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा होटलमा मृत्यु भएको छ।

झ्याल ढोका बन्द गरी ग्यासँ हिटर बालेर सुतेका कारण अक्सिजनको कमीले निसास्सिएर बेहोस भई मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । यसबारे छानविन समिती बनाइ थप अनुसन्धान भइरहेको जनाइएको छ।