नेकपा सांसद अग्नि सापकोटाको सभामुख पदमा उम्मेदवारी दर्ता

माघ ५ गते आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सांसद अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरे सँगै लामो समयदेखिको सभामुख चयनको गतिरोध अन्त्य भएको छ। यसै बिच उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएर मार्ग प्रसस्‍त गरेकी छन । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले १२ गते सभामुखको निर्वाचन तोकेको छ । मंगलबार बिहान नेकपाका सांसद अग्निप्रसाद सापकोटाले सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सभामुख पद्का लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ।