चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

३०, मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आइतबार राती अचानक निधन भएको छ । उनको स्वास्थ्यमा अकस्मात समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल लगिएका उनलाई तत्काल मृत घोषणा गरिएको थियो ।

५४ वर्षिय भट्टराईको पत्नी र एक छोरा रहेका छन् । करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।

पछिल्लो पटक उनले यात्रा नामक सिनेमा निर्माण गरेका हुन । यात्रा सहित उनले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्दा, सो सिम्पल, ब्रासलेट लगायतका सिनेमा निर्माण गरेका थिए ।