साग खेलकुदको आज छैठौं दिन नेपाल ४१ स्वर्ण सहित दोस्रो स्थानमा

काठमाडौं, २० मंसिर २०७६

नेपालमा संचालन भैरहेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज छैठौं दिनसम्म नेपाल ४१ स्वर्ण पदक सहित दोश्रो स्थानमा रहेको छ ।

८१ स्वर्ण ,५९ रजत र २५ कास्य सहित कुल १६५ पदक सहित भारत पहिलो स्थानमा रहेको छ भने नेपालले ४१ स्वर्ण ,२७ रजत र ४८ कास्य सहित कुल ११६ पदक जित्न सफल भएको छ।

 

पदक तालिका

स्वर्ण पदक रजत पदक कास्य पदक जम्मा
भारत ८१ ५९ २५ १६५
नेपाल ४१ २७ ४८ ११६
श्रीलंका २३ ४२ ६९ १३४
पाकिस्तान १९ २५ २९ ७३
बंगलादेश ४ १८ ५१ ७३
माल्दिभ्स १ ० २ ३
भुटान ० ० ६ ६