‘सीमा बचाऊ अभियान’ द्वारा नेपालको नक्सा सार्वजनिक
नागरिक अगुवाहरुको ‘सीमा बचाऊ अभियान’ ले पत्रकार सम्मेलनको आयोजना गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपालको नक्सा सार्वजनिक गरेको छ ।
अग्रज पत्रकार भैरव रिसालको संयोजकत्वमा डा. द्वारिकानाथ ढुंगेल र प्रा. डा. नरेन्द्रराज खनालसहितका भूगोलविद सहभागी समितिले लिम्पियाधुरालाई काली नदीको उद्गमस्थल मानेर नेपालको नक्सा सार्वजनिक गरेको हो ।








