सिमा अतिक्रमणको बिरुद्ध जर्मनीमा नेपालीद्वारा बिरोध प्रदर्शन
१९ नोभेम्बर २०१९ फ्र्यांकफर्ट/
एनआरएनए जर्मनी, प्रवासी नेपाली एकता मन्च जर्मनी, नेपाली जनप्रगतिशिल मोर्चा जर्मनीको संयुक्त आयोजनामा भारतले नेपाल माथि गरेको सिमा अतिक्रमणको बिरुद्दमा फ्र्यांकफर्टमा रहेको भारतीय कन्सुलेट अगाडि बिरोध प्रदर्शन भएको छ। उक्त बिरोध प्रदर्शनमा जर्मनीका बिभिन्न शहरहरुबाट नेपालीहरुको उपस्थिती रहेको थियो। सो कार्यक्रमको सन्चालन प्रवासी नेपाली एकता मन्च जर्मनीका महासचिब सागर पोख्रेलले गर्नु भएको थियो भने बक्ताहरुमा क्रमश – नेपाली जनप्रगतिशिल मोर्चा जर्मनीका अध्यक्ष श्री शेर बहादुर तुम्बापो, प्रवासी नेपाली एकता मन्च जर्मनीका सम्योजक श्री चन्द्र कान्त आचार्य, एनआरएनएन जर्मनीका अध्यक्ष हरी न्यौपाने तथा एनआरएनए आईसिसी अध्यक्ष श्री कुमार पन्त थिए।
बिरोध ज्ञापन पत्रको नेपाली संस्करण एलसिसी बायार्न सम्योजक श्री खड्क न्यौपाने र अङ्रेजी संस्करण नेपाली जनप्रगतिशिल मोर्चा युरोपका महासचिब डा.सुबर्ण बाबु सापकोटाले बाचन गर्नु भएको थियो। लगत्तै उक्त बिरोध ज्ञापन पत्र भारतीय कन्सुलेटमा बुझाईएको थियो।
सम्पूर्ण वक्ताहरुले भारतले नेपाल माथि गरेको सिमा अतिक्रमणको बिरोध, असमान सन्धी सम्झौताहरुको खारेजी र सबैखाले भारतीय ज्यादतीका बिरुद्द कडा रुपले बोल्नु भएको थियो। साथै नेपाल सरकारलाई पनि यस मुद्दालाई गम्भिरता पुर्वक लिदै आवश्यक कुट्नैतीक पहलद्वारा समाधान गर्न खबरदारी सहित अनुरोध गरिएको थियो। उक्त कार्यक्रममा इनास ग्लोबलका अध्यक्ष श्री कमला दाहाल, गोर्खा समाज अध्यक्ष श्री बासु अर्याल, चौतारी समाज जर्मनीका अध्यक्ष कृष्ण प्रसाद गौतम लगायत अन्य संघ संगठनहरुको पनि बाक्लो उपस्थिती रहेको थियो।
उक्त कार्यक्रममा नेपाली एकता जिन्दाबाद, ब्याक अफ इन्डिया, गो ब्याक इन्डिया, भारतीय हस्तक्षप बन्द गर, भारतीय सेना फिर्ता गर, लिम्पियाधुरा लिपुलेक कलापानी हाम्रो हो जस्ता राष्ट्रबादी नारा लगाईएको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी तथा स्थानिय सुरक्षाकर्मीलाई धन्यबाद दिदै बिरोध कार्यक्रम समापन भएको थियो।








