भारतले जारी गरेको नयाँ नक्साको बिषयलाई लिएर परराष्ट्र मन्त्रालयको विज्ञप्ति

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साको बिषयलाई लिएर चौतर्फी विरोध भईरहेको बेला बुधबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै  भारतीय नक्सामा कालापानी समेटिएको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

जारी विज्ञप्तिमा ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्नेमा नेपाल सरकार स्पष्ट भएको बताउदै ‘दुई देशबीच टुंगिन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुबै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने जनाएको छ ।

परराष्ट्रले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्नेमा नेपाल दृढ रहेको उल्लेख गरेको छ ।

नयाँ नक्साको बिषयलाई लिएर बिभिन्न राजनैतिक दल, बिद्यार्थी नेता, सर्वसाधारण जनताले बिरोध गर्दै आएका छन् ।