योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त
काठमाडौं साउन १५। आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन्, तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि करिब छ महिना देखि मन्त्री पद खाली थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री स्वयमले सम्हाल्दै आएका थिए।








