पहिलो पटक इंगल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिजेता
खेलकुद
पहिलो पटक ‘ इंगल्यान्ड ‘ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिजेता बनेको छ । आइतबार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक इंगल्यान्ड विश्वकप क्रिकेट २०१९ को बिजेता बनेको हो ।
न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इंगल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै मात्र २४१ रन बनाउन सफल भयो । दुबै टोलीको रन बराबर भएपछि खेल सुपर ओभरमा खेलाइएको थियो । तर, सुपर ओभरमा पनि समान स्कोर भए पछि अन्तिममा बढी बाउन्ड्री प्रहार गरेको आधारमा इंगल्यान्ड बिजेता बन्यो ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमा तिन पटक फाइनलमा पुग्न सफल इंगल्यान्डले घरेलु मैदानमा पहिलो पटक विश्वकप बिजेता बन्ने सौभाग्य प्राप्त गर्यो ।









