नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय
काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उन्मुख भएको बताएको छ । विप्लव नेतृत्वको पार्टीले पछिल्ला दिनमा राजधानीसहित देशभरका विभिन्न ठाउँमा बम विस्फोट तथा आगजनी गरेपछि सरकार आक्रोशित बन्दै गएको छ ।








