महाशिवरात्रि पर्व, आज देशभर मनाइँदै

आज सोमबार महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी देशभर मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीहरू बिहानैदेखि शिव मन्दिरहरूमा गई पूजाआराधना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि शिवरात्रि पर्वको मेला भर्न स्वदेश तथा छिमेकी राष्ट्र भारतका तीर्थयात्रीहरुको घुइँचो लागेको छ ।