सस्तो श्रमले मात्रै भारतलाई अर्को चीन बनाउन सक्दैन।

अनुमानित २० करोड मानिसहरु भारतभर दुई दिने हड्तालमा सहभागी भए र सम्पूर्ण मुलुकलाई ठप्प पारीदिए !

अबको अर्को चीन कुन देश हुने छ होला – भारत वा भियतनाम ?

 

केही पर्यवेक्षकहरु के विश्वाश गर्दछन भने भारत उक्त भूमिका ग्रहण गर्न सक्ने क्षमता राख्दछ र भियतनाम अबको नयाँ दक्षिण कोरिया हुन जादै छ। यस प्रकारका टिप्पणीहरुले अत्यन्तै काम मुल्यमा समान उत्पादन गर्ने केही निर्माणकर्ताहरुका निम्ती भारत एउटा सुन्दर अनी उपर्युक्त बिकल्प बन्दछ, जो चीनमा महँगो हुँदै गईरहेको श्रम लागतका कारण आफ्ना उत्पादनहरु चीनबाट बाहिर लैजान चाहन्छन।

 

तथापी, हालैमा भएको एउटा श्रमिक हडतालले निबेशकहरुलाई उदयीमान अर्थब्यवस्थामा हतारिएर भाग लिनु अघी दोश्रो पटक फेरी सोच्न वाध्य बनाएको छ। संचार माध्यमहरुका अनुसार, अनुमानित २० करोड मानिसहरु  भारतभर दुई दिने हड्तालमा सहभागी भए र सम्पूर्ण मुलुकलाई ठप्प पारीदिए। उक्त हड्ताल १० वटा श्रमिक संगठनहरुले आयोजना गरेका थिए र उनिहरुको आरोप थियो – भारतीय सरकारले हालै घोषणा गरेका केही नितिहरु श्रमिकहरुको हित बिपरित छन।

 

भारतीय कानुनले श्रमिकहरुलाई संगठित हुने अधिकारको प्रत्याभूति दिन्छ। श्रमिकहरुको अधिकारको रक्षा गर्नु र उनिहरुको अवस्था सुधार गर्नु अत्यन्तै महत्त्वपूर्ण छ तर हामीले श्रमिकहरुको हक अधिकार र कल्याण अनी आर्थिक बिकास माझ एउटा सन्तुलन कायम गर्नु जरुरी हुन्छ।

भारतको प्राथमिक रणनीति आर्थिक विकासलाई बढावा दिने हुनु पर्दछ। यस रणनितीलाई कम्तीमा पूर्णरुपले श्रमिकहरुको हितका बिरुद्द जान नदिनु दिल्लीका निम्ती सर्बोत्तम नतिजा हुनेछ।

 

यदि आर्थिक विकास एउटा केक तयार पार्नु जस्तो हो भने, कल्याणकारी बितरण उक्त केकलाई विभाजित गर्नु जस्तो हो। एउटा बिशाल केक को अर्थ हुन्छ सबैजनाका निम्ती ठुलो टुक्रा उपलब्ध हुनेछ, यद्दपी केक बिभाजन गर्ने नियम अपरिवर्तित नै किन नहोस। औधोगिकरणको आफ्नो सुरुवाती चरणमा, भारतले सम्भवत कल्याणकारी बितरणमा भन्दा बिकासमा मुख्य ध्यान दिनु जरुरी र आवश्यक हुन सक्छ।

 

विश्व इतिहासले हामीलाई के शिक्षा दिन्छ भने – आफुहरु प्रारम्भिक चरणको बिकासकै अवस्थामा नै रहदा पश्चिमी देशहरुको जस्तो उच्च-मानक युक्त सामाजिक कल्याण प्रदान गर्न खोज्दा कतिपय विकासशील मुलुकहरुले उनिहरुको बिकासमा गम्भिर अड़चन र अवरोध भोग्न वाध्य भए र हुँदै छन।

 

गएका केही दशकमा, ग्रामीण प्रवासी श्रमिकहरुले प्रख्यात “चीनिया चमत्कार” सृजना गर्न मद्दत गरे जसको कारण चीन संसारको कारखाना हुन पुग्यो। एउटा विकासशील देशको रुपमा चीनले ती अधिकांश प्रवासी श्रमिकहरुका निम्ती उच्च-मानक सहितको सामाजिक कल्याण प्रदान गर्न त सक्दैन तर मुलुकले उनिहरुलाई गरीबीबाट बाहिर भने पक्कै निकालेको छ। अहिले चीनको आर्थिक विकासको परिणाम स्वरूप ग्रामीण प्रवासी श्रमिकहरुको न्यूनतम ज्यालामा बृद्दी भएको छ।

 

यदि भारत अबको अर्को चीन बन्न चाहन्छ भने, भारतको लागि जवान र सुशिक्षित श्रम शक्तीको आवश्यकता पर्नेछ जसको श्रम प्रती अत्यन्तै बलियो नैतीक लगाव होस। जो देश विकासको प्रारंभिक चरणमा हुँदै गर्दा राज्यद्वारा प्रदान गरिने सिमित श्रमिक कल्याणकारी बितरणबाट पनि आनन्दित हुन सकुन। तर अझै पनि कडा परिश्रम गर्ने मेहनती अनी सुशिक्षित कुशल श्रम शक्तीको अभावका कारण भारतका निम्ती अबको अर्को चीन बन्न निक्कै लामो दुरी तय गर्नु पर्ने देखिन्छ।

 

चीनको तुलनामा भारतमा श्रम सस्तो रहेको कुरा सत्य हुँदा हुँदै पनि श्रमिक, आधारभुत पुर्वाधार अनी हालका कानुन जस्ता बहुआयामिक तत्वहरु भारतको बिकासका अवरोधी कारकहरु हुन।

 

(ग्लोबल टाइम्सबाट सभार गरि संचार भ्वाइस द्वारा २०१७/०१/२६ मा अनुवादित)