कन्हैया कुमारलाई भारतले लगायो ‘देशद्रोह’ को अभियोग !
भारतिय केन्द्र सरकारले गरेको 'फासिबादि' बदलाको संज्ञा
गत सोमबार दिल्ली प्रहरिले जवाहरलाल नेहरु विश्वबिद्यालयका चर्चित पुर्व विद्यार्थी नेता तथा बामपन्थि अभियन्ता कन्हैया कुमार लगाएत १० जनालाई सन २०१६ मा जेएनयुमा ‘देशद्रोहि’ नारा लगाएको आरोपमा ‘देशद्रोह’ को मुद्धा लगाएको छ।
भारतिय कम्युनिष्ट पार्टिका नेता डि राजाकि छोरी अपराजिता,जेएनयु विद्यार्थी युनियन उपसभापति सेहेला रशिद सहित ३६ जनाको नाम समेत थप अनुसन्धान गर्नुपर्ने सुचिमा राखिएको छ। कन्हैया कुमार पछिल्लो समय ‘मोदि’, ‘सरकार’ र कट्टर हिन्दुबादि संगठन ‘आरएसएस’का गलत कदमको तिव्र आलोचना गर्दै युवाहरुलाई ‘चेतना’ मार्फत ‘दमनकारी सत्ता बिरुद्ध लड्नुपर्ने’ अभिप्रायको देशव्यापि अभियानमा थिए ।
२०१९ को लोकसभा निर्वाचनको पुर्वसन्ध्यामा भएको उक्त कदमलाई धेरै मानिसहरुले आफ्ना पछिल्ला राज्यसभा चुनावहरुमा भोगेको अनपेक्षित पराजय पश्चात केन्द्र सरकारले गरेको ‘फासिबादि’ बदलाको संज्ञा दिएका छन ।
जवाहरलाल नेहरु विश्वबिद्यालयकी बिध्यार्थी युनियन उपसभापति र युवाहरुमाझ चर्चित नेत्री सेहेला रशिद यसलाई पराजित हुदै गरेको सरकारको ‘प्रायोजित बिबाद’ को रुपमा परिभाषित गर्छिन ।
पछिल्लो समय कन्हैया कुमार तुलनात्मक रुपमा लोकसभाको लागी महत्वपुर्ण मानिने बिहारबाट चुनाव लड्ने अनुमान गरिएको थियो ।









